शनिबार, वैशाख २६, २०८३

सत्ताको भाग खोजेका लिङ्देनले भने - देश  ‘सिन्डिकेट’को सिकार भयो

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको बताएका छन्। संसदीय समितिमा भागबण्डा गर्दै भाग लिएका राप्रपा अध्यक्ष लिङ्देनले कोशीमा पनि सम्मानजनक भाग खोजिरहेका छन्। 

National life

यसरी सत्ताको भाग खोजिरहेका राप्रपा अध्यक्ष लिङ्देनले कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित एक कार्यक्रममा उनले विभिन्न प्रकरणमा सबै ठूला दलहरू मिल्ने र मिलीजुली रूपमा देशलाई सिन्डिकेटको सिकार बनाएको आरोप लगाए।

अहिले देशको अवस्था असामान्य भएको भन्दै उनले जनताको दैनिकीप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गरे।

कार्यक्रममा राप्रपाका उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताले पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: Sep 02, 2023| 19:07 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्