मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ओली साक्षी राख्दै पौडेल र पोखरेलले भने -  एमालेभित्र नेतृत्व, नीति र विधिमा प्रश्‍न छैनन् 

ओली साक्षी राख्दै पौडेल र पोखरेलले भने -  एमालेभित्र नेतृत्व, नीति र विधिमा प्रश्‍न छैनन् 

 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet

काठमाडौं- विगत फरक कित्तामा उभिएको र पार्टी नेतृत्वका लागि गुटबन्दी गरेको आरोप लागिरहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आफूहरुबीच मतभेद नभएको बताएका छन्। 

लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै केपी शर्मा ओलीलाई अगाडि राखेर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र नेतृत्व, नीति र विधिमा प्रश्‍नहरु नरहेको र कुनै मतभेद नभएको पनि बताए। उनले पार्टी भित्र आफ्नो भविष्य नदेख्ने र दासत्वमा रमाउनेहरु गुटबन्दी गर्दै हिड्ने तर आफू गुटबन्दिमा विश्वास नगर्ने बताए।

उनले भने, '४५ वर्षको पार्टी जीवनमा कहिल्यै गुटबन्दी नगरी यहाँसम्म आएको हुँ, गुटबन्दी कायरहरुको काम हो, पार्टीभित्र आफ्नो भविष्य नदेख्नेहरुले गुटबन्दी गर्छन् बिष्णु पौडेलले गुटबन्दीमा विश्वास गर्दैन। म र महासचिव शंकर पोखरेलका बीचमा लडाउने र एमाले भित्र विवाद होस् भन्ने चाहना राख्नेहरुका चाहना पानीका फोका जस्तै हुन्छ।' 

उपाध्यक्ष पौडेलले बाहिर बसेर एमालेमा बिग्रहको अपेक्षा गर्दै भविष्यवाणी गर्नेहरुलाई नेता कार्यकर्ताहरुले लुम्बिनी अधिवेशनको माध्यमबाट जवाफ दिनुपर्ने बेला आएको बताए। `एमालेमा बिग्रहको अपेक्षा गर्दै एमालेको उन्नति र प्रगतिमा आफ्नो पतन देख्नेहरुको सपना कहिल्यै पूरा हुने छैनन्,´ पौडेलले भने।

त्यसैगरी महासिचव शंकर पोखरेलले आफू र विष्णु पौडेल लुम्बिनीमा मात्रै नभई राष्ट्रिय र एमालेलाई बलियो बनाउने सधैं एकसाथ रहने बताए। ‘लुम्बिनी प्रदेशको मामिलामा मात्र होइन, राष्ट्रिय मामिलामा, नेकपा एमालेलाई बलियो पार्ने मामिलामा कमरेड विष्णु पौडेल र शंकर पोखरेल एकसाथ रहनेछौं,’ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको शुभकामना दिँदै उनले भने। 

उनले अध्यक्ष केपी ओलीमाथि प्रहार गरेर एमालेलाई कमजोर बनाउन कसैले सोचेको भए त्यसो मनसाय आफूहरुले पूरा गर्न नदिने बताए। नेतृत्वको विकल्पको बहस सुरु भएको बताउँदै उनले एमालेतिर तेस्र्याए प्रश्न गर्नुको कुनै अर्थ नहुने बताए।

प्रकाशित: Sep 02, 2023| 18:10 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्