शनिबार, वैशाख २६, २०८३

ओलीको दाबी - एमालेबाहेक देश चल्नै सक्दैन

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक अन्य दस पार्टी मिलाएर गठबन्धन गरे पनि देश चलाउन नसक्ने दाबी गरेका छन्। अहिलेको गठबन्धन सरकारले देशलाई संकटमा लगेको भन्दै ओलीले देशलाई सफल अवतरण गराउने पार्टी एमालेमात्रै रहेको दाबी गरे।

National life

बुटवलमा  शनिबार आयोजित लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष ओलीले भने, 'उद्देश्य, नीति र गन्तव्य नभएकाले एमाले बाहेकले देश चलाउन सक्दैनन्।' 

एमाले बाटो बिराउने पार्टी नभई आफ्ना गन्तव्य र लक्ष्यमा पुग्ने पार्टी भएको बताउँदै उनले भने, ‘अरुको १० वटा बुद्धि र एमालेको एउटा बुद्धि पुग्दो छ, एमालेले मात्रै देश चलाउँछ। पार्टी र देशलाई गन्तव्यमा पुर्‍याउने छ । ’

अध्यक्ष ओलीले मिसन-८४ एमाले एक्लैले तीन तहकै सरकारमा बहुमत ल्याउने अभियान भएको बताए। त्यसका लागि अरु सबै दल एकातिर तर एमाले एक्लैले बहुमतको सरकार बनाउने गरी जुटेको बताए। ‘टोल टोलमा कमिटी घरघरमा सदस्य बनाएर हिँडेका छौं। सबै दल एमालेतिर र एमाले एकातिर भए पनि हाम्रो जितलाई रोक्न सक्ने छैन।’

प्रकाशित: Sep 02, 2023| 17:50 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्