शनिबार, वैशाख २६, २०८३

सत्ताबाट हट्न परे फेरि करोडौं जनतासहित आन्दोलन गर्छु : प्रचण्ड 

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सत्ताबाट हट्न‍ परेको अवस्थामा आफूलाई हटाउनेका विरुद्ध करोडौं जनताको बीचमा पुगेर आन्दोलनको नेतृत्व गर्ने बताएका छन्। 

National life

शनिबार काठमाडौंको चन्द्रागिरि–२ घट्टेडाँडामा ‘जनतासँग माओवादी’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

‘म ३२ सिटको पार्टीको नेता भएको छु। म कतिदिन प्रधानमन्त्री रहने हो, हुनसक्छ १५ दिन, एक महिना, ३० दिन। जति दिन रहनेछु,’ माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘मलाई जसले हटाउनेछन् तिनका विरुद्ध लाखौं करोडौं जनताको बीचमा आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पसहित काम गरेको छु।’

उनले पाँच वर्षसम्मै आफू सरकारबाट हट्न नपर्ने जस्तो आफूले देखेको दाबी गर्दै गठबन्धन पाँच वर्षसम्मै टिक्ने दाबी गरे। ‘अहिले ८ महिना भएको छ म त हट्न परेको छैन। मलाई लाग्छ पाँच वर्षै हट्न पर्दैन जस्तो देख्दैछु। गठबन्धन पाँचै वर्ष चल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

प्रकाशित: Sep 02, 2023| 16:17 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्