मंगलबार, असार २४, २०८२

राष्ट्रसंघ महासचिवसमक्ष थापाले पेस गरे ओहोदाको प्रमाणपत्र

थापाको कार्यकालमा नेपाल–राष्ट्रसंघबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने महासचिव गुटेर्रेसको आश्वासन।
 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet

काठमाडौं– संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेटसमेत गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

सो अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाइ तथा स्वागत गरे। थापाको कार्यकालमा नेपाल–संयुक्त राष्ट्रसंघबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिए।

महासचिव गुटेर्रेसले नेपालले संयुक्त राष्ट्रसङ्घमा वर्षौंदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै  राष्ट्रसंघको उद्देश्य प्राप्तिका लागि नेपालले दिएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे।

सो अवसरमा राजदूत थापाले महासचिव गुटेर्रेसलाई नेपालको विकास र शान्ति प्रक्रियामा  राष्ट्रसंघले गरेको सहयोगका लागि धन्यवाद दिँदै संस्थाप्रति नेपालको पूर्ण समर्थन र दृढ प्रतिबद्धता दोहो¥याएका थिए।

राजदूत थापाले विश्व शान्ति र सुरक्षा, दिगो विकास, जलवायु न्याय र राष्ट्रसंघीय सुधारलगायतका क्षेत्रमा महासचिव गुटेर्रेसको प्रयास र पहलको पनि प्रशंसा गरे।

शान्ति स्थापना, जलवायु परिवर्तन र दिगो विकासलगायतका विभिन्न क्षेत्रमा नेपालको प्राथमिकतालाई औंल्याउँदै राजदूत थापाले राष्ट्रसंघसँगको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताए। राजदूत थापा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालको यात्रा सुरु गर्न ३१ अगस्त २०२३ मा न्युयोर्क पुगेका थिए।

प्रकाशित: Sep 02, 2023| 11:26 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्