शुक्रबार, माघ २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालको नक्सालाई सबै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय

नेपालको नक्सालाई सबै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं- नेपालले तीन वर्षअघि जारी गरेको भौगोलिक नक्सालाई नेपालका छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गर्दै नेपालको धारणा सार्वजनिक गरेको हो। 

National life

मन्त्रालयले भनेको छ, 'सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट  छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ।'

चीनले २८ अगस्टमा जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भागलाई हटाएको थियो। त्यसको नेपालमा विरोध भइरहेको छ।

प्रकाशित: Sep 01, 2023| 21:14 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्