शनिबार, वैशाख २६, २०८३

'हेटौँडा-काठमाडौं सडक पुससम्म निर्माण हुन्छ'

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

National life

हेटौँडा- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन्।

हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उनले दाबी गरे। प्रदेश राजधानी र संघीय राजधानी काठमाडौँसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ। जसका कारण सामान्य वर्षामा समेत पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ। 

मुख्यमन्त्री जम्मकट्टेलले निर्माणमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए। उनले समयमा नै काम सम्पन्न गराउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरिसकिएको बताए।

प्रकाशित: Sep 01, 2023| 19:41 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्