शनिबार, वैशाख २६, २०८३

समाजवादी मोर्चा गठन निर्वाचनका लागि होइनः प्रधानमन्त्री प्रचण्ड

चार दलीय मोर्चा समाजवादी क्रान्ति साम्यवादका लागि गठन भएको र निर्वाचनका बेला अर्कै मोर्चा बन्ने प्रधानमन्त्रीको खुलासा।
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

National life

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा गठनको उद्देश्य अर्कै रहेको स्पष्ट पारेका छन्। उनले चार दलीय मोर्चा समाजवादी क्रान्ति साम्यवादका लागि गठन भएको र निर्वाचनका बेला अर्कै मोर्चा बन्ने बताएका हुन्।

आज पोखरामा आयोजित मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रण्डले मोर्चा निर्वाचनोन्मुख नभई नयाँ समाजवादी क्रान्तिका लागि भएको दाबी गरे।

सबै कम्युनिस्टलाई एकै ठाउँमा जम्मा गरेर साम्यवाद ल्याउने रणनीतिअनुसार मोर्चा गठन गरिएको उनले प्रस्ट पारे। उनले भने, ‘समाजवादी मोर्चा निर्वाचनका लागि होइन। निर्वाचनका लागि अर्कै मोर्चा बन्छ। यो मोर्चा नयाँ क्रान्ति र नयाँ अभियानका लागि गठन भएको हो।’

प्रकाशित: Sep 01, 2023| 16:41 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्