शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी प्रवक्ता सापकोटाले भने– प्रधानमन्त्री चीन जाँदा चुच्चे नक्साबारे कुरा उठ्छ

माओवादी प्रवक्ता सापकोटाले भने– प्रधानमन्त्री चीन जाँदा चुच्चे नक्साबारे कुरा उठ्छ

नक्सा विवादबारे प्रधानमन्त्रीले कूटनीतिक माध्यमबाट चिनियाँ नेतृत्वसँग कुरा गर्ने माओवादी प्रवक्ताको दाबी।
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं– चीनले केही दिनअघि प्रकाशन गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा गायब पारिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा उठाइने सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

National life

आज माओवादी विशेष अभियानबारे राखिएको पत्रकार सम्मलेनमा प्रवक्ता सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्रीले कूटनीतिक माध्यमबाट चिनियाँ नेतृत्वसँग कुरा गर्ने बताएका हुन्।

चीनबाट नयाँ नक्सा जारी हुँदा नेपालको जमिन नदेखाइएको विषयमा पार्टी र सरकारले पनि चासो दिएको उनको दाबी छ। अरु पक्षबाट पनि यस विषयमा सोधीखोजी भइरहेकोले प्रधानमन्त्री चीन जाँदा यस विषयमा कुरा हुने उनले बताए। 

‘चीनले नेपालको चुच्चे नक्सालाई आफ्नो नयाँ नक्सामा नपारेको विषय कूटनैतिक तवरबाट हल खोजिनुपर्छ। हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ। यस विषयमा कुरा राख्नुहुन्छ। चुच्चे नक्सा सम्बन्धमा अघिल्ला सरकारले पनि चीनलाई जानकारी दिइसकेका छन्। के–कसो भएको हो, बुझ्ने प्रयासमा छौं,’ प्रवक्ता सापकोटाले भने।

प्रकाशित: Sep 01, 2023| 15:32 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्