काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन्। शुक्रबार उनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा नेपाल–बेलायतबीचको सम्बन्ध सुदृढ बनाउँदै सहकार्य बिस्तार गर्ने बारेमा छलफल भएको बताइएको छ।
भेटका क्रममा दुवै पक्षबाट दुई देशबीचको सम्बन्ध बिस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा जोड दिइएको थियो।