शनिबार, वैशाख २६, २०८३

काठमाडौं ओर्लिए अमेरिकी सिनेटर होलेन

सिनेटर होलेन आज काठमाडौं उत्रिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको हो। 
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०


काठमाडौं– अमेरिकी सिनेटर क्रिस भान होलेन नेपाल भ्रमणका क्रममा काठमाडौं ओर्लिएका छन्। सिनेटर होलेन आज काठमाडौं उत्रिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको हो। 

National life

होलेन अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्यसमेत हुन्।

सिनेटर होलेनले नेपाल बसाइका क्रममा सनेटर अमेरिका–नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, युवा नेता, सांसद, उद्यमीसँग भेटघाट गर्नेछन्। 

उनले नेपालको स्वास्थ्य एवं पूर्वाधार क्षेत्रमा अमेरिकी सहयोगका परियोजनाबारे पनि जानकारी लिने अमेरिकी दूतावासले बताएको छ। डेमोक्र्याट पार्टीका सिनेटर होलेनले अमेरिकामा रहेका नेपाली समुदायको हितका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्।

प्रकाशित: Sep 01, 2023| 14:47 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्