शनिबार, वैशाख २६, २०८३

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

गत ७ भदौमा न्यायाधीश खतिवडाले कारण देखाऊ आदेश जारी गरेको रिट आज उनीसहितकै इजलासमा पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो।
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको वैधानिकतामाथि सर्वोच्च अदालतमा हालिएको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ।

National life

सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र ईश्वरीप्रसाद खतिवडाको इजलासबाट छिनोफानो हुने भनिएको रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले मुद्दा हेर्न नमानेपछि हेर्न नभ्याइनेमा राखिएको हो।

मुख्यमन्त्री थापाले प्रदेशसभामा बहुमतका लागि सभा सञ्चालन गरेका ज्येष्ठ सदस्यको हस्ताक्षर लिनु अवैधानिक भएको दाबीसहित एमालेबाट सर्वोच्चमा रिट दायर गरिएको थियो।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको थियो।
रिटको प्रारम्भिक सुनुवाइ गर्दै गत ७ भदौमा न्यायाधीश खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए। तर आज खतिवडासहितकै इजलासमा पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो। ७ भदौको अन्तरिम आदेशपछि इजलासबाट आजका लागि पेसी तोकिएको थियो।

प्रकाशित: Sep 01, 2023| 13:30 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्