शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वाेच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

सर्वाेच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

शर्मालाई न्यायाधीशमा नियुक्त गर्न उपयुक्त भए/नभएको स्पष्ट आधार एवं सबुद प्रमाणसहित उजुरी दिन १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय।
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

National life

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

आज बसेको समिति बैठकले शर्मालाई न्यायाधीशमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागे मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित उजुरी दिन १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ।

न्याय परिषद्को १० भदौमा शर्माको नाम सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो।समिति बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको थियो।

प्रकाशित: Sep 01, 2023| 12:59 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्