शनिबार, वैशाख २६, २०८३

जुम्लाका माओवादीलाई मदिरा सेवन प्रतिबन्ध

माओवादी केन्द्रले जुम्लामा तीनमहिने पार्टी रुपान्तरण अभियान सुरु गर्दै आफ्ना नेता, कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको हो।
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको जुम्ला जिल्ला पार्टी कार्यालयले जिल्लाभित्र क्रियाशील कार्यकर्ता र नेतालाई रक्सी सेवन गर्न प्रतिबन्ध लगाएको छ।

National life

माओवादी केन्द्रले जुम्लामा तीनमहिने पार्टी रुपान्तरण अभियान सुरु गर्दै आफ्ना नेता, कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको हो।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारासहित सुरु भएको अभियानका क्रममा मदिरा खान नपाउने कार्यविधि बनाइएको जिल्ला पार्टी अध्यक्ष वीरवहादुर कुँवरले बताए।

नेता, कार्यकतालाई रक्सी खाने बानीबाट अन्यत्रै मोड्न खेल, कला, सांस्कृतिक प्रदर्शनी आयोजना र घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने उनको भनाइ छ। नेता, कार्यकर्ताले रक्सी खाँदा पार्टीलाई नोक्सानी पुगेको उनले दाबी गरे।

प्रकाशित: Sep 01, 2023| 12:25 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्