शनिबार, वैशाख २६, २०८३

एमालेले झुलाघाटदेखि चिवा भञ्ज्याङसम्म पदयात्रा गर्ने

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

National life

काठमाडौं- नेकपा एमालेले पश्चिम-पूर्व पदयात्रा गर्ने निर्णय गरेको छ। बुधबार सिरहाको विष्णुपुरकट्टीमा बसेको सचिवालय बैठकले आगामी मंसिरमा सुदूरपश्चिम बैतडीको झुलाघाटदेखि सुदूरपूर्व पाँचथरको चिवा भञ्ज्याङसम्म पदयात्रा गर्ने निर्णय गरेको हो।

त्यस्तै, नेकपा स्थापनाको हिरक महोत्सवका अवसरमा सिरहामा स्तम्भ शिलान्यास गर्ने निर्णय पनि बैठकले गरेको छ। पार्टी नयाँ ढंगले अघि बढाउने संकल्प पनि नेताहरुले लिएका छन्।

एमाले सचिवालय बैठक सिरहाको सर्रे अम्बासमा बसेको हो। २०४६ सालमा तत्कालीन मालेको चौथो महाधिवेशन आयोजना भएकै घरमा एमालेको सचिवालय बैठक बसेको हो। सो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए।

प्रकाशित: Aug 30, 2023| 17:35 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्