शनिबार, वैशाख २६, २०८३

सुन तस्करी प्रकरण

राहुल महरा पक्राउ

राहुललाई आज दिउँसो सीआईबीले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले पुष्टि गरेका हुन्। 
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं– विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइने गरेको सुन तस्करी प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्।
राहुललाई आज दिउँसो सीआईबीले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले पुष्टि गरेका हुन्।

National life

गत वर्ष भेपमा लुकाएर हुने गरेको सुन तस्करीमा जोडिएका चिनियाँ व्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुले पनि सत्तारुढ हुनुका कारण पक्राउबाट बचिरहेका थिए। गत वर्ष भेपमा लुकाएर हुने गरेको सुन तस्करीमा जोडिएका चिनियाँ व्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुले पनि सत्तारुढ हुनुका कारण पक्राउबाट बचिरहेका थिए।

राहुलले केही बेरअघि नौ किलो सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुलले अनुसन्धानका लागि प्रहरी कार्यालय उपस्थित हुने जनाएका थिए।
मिडियाले कुरा उठाएपछि आक्रोश व्यक्त गर्दै राहुलले अनुसन्धानमा सहयोग गर्न आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उपस्थित हुन लागेको बताएका थिए।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलिमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयं सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजिकरण गर्दैछु। नविराउनु, नडराउनु।’

प्रकाशित: Aug 30, 2023| 16:32 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्