काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई जनगणतन्त्र हुँदै साम्यवादी मुलुक बनाउन पुँजीपति दलालहरुले नदिएको आरोप लगाएका छन्। उनले पुँजीपतिहरूले वर्तमान गणतन्त्रलाई उल्ट्याएर सामन्ती तत्त्वसँग सम्झौता गर्न चाहिरहेको बताए।
आज बुटवलमा चार कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाको सन्देशभामा प्रचण्डले साम्यवाद ल्याउन शक्ति सञ्चयका लागि मोर्चा गठन गर्नुपरेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले यतिबेला निराशा बाँडेर सामन्तवाद ब्युँताउन खोजिएको दाबी गरे। चार दलीय मोर्चाभित्र आबद्ध नभएका प्रतिक्रियावादीलाई ठेगान लगाउन साम्यवाद ल्याउनैपर्नेमा उनले जोड दिए।
समाजवादी मोर्चामा प्रचण्डको पार्टी नेकपा माओवादी, नेत्रविक्रम चन्द विप्लको नेकपा, माधव नेपालको नेकपा एस र उपेन्द्र यादवको जसपा सामेल छन्।