बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सिंहदरबारमा नवनिर्वाचित संसदीय समिति सभापतिसँग सभामुख घिमिरेको छलफल

सिंहदरबारमा नवनिर्वाचित संसदीय समिति सभापतिसँग सभामुख घिमिरेको छलफल

समितिका काम–कारबाही, समितिमा विचाराधीन विधेयकलगायत विषयमा छलफल गर्न सभामुख घिमिरेले सिंहदरबारमा बैठक बोलाएका हुन्।
 |  बुधबार, भदौ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

vianetvianet

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र संसदीय समितिका नवनिर्वाचित सभापतिबीच सिंहदरबारमा छलफल सुरु भएको छ। समितिका काम–कारबाही, समितिमा विचाराधीन विधेयकलगायत विषयमा छलफल गर्न सभामुख घिमिरेले सिंहदरबारमा बैठक बोलाएका हुन्।

११ भदौमा प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापति सर्वसम्मत चयन भएका थिए।

संसद्का विषयगत समितिअन्तर्गत अर्थ समिति सभापतिमा कांग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा कांग्रेसकै रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान सर्वसम्मत भएका थिए।

यस्तै, सार्वजनिक लेखा समिति सभापतिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह चुनिएका थिए।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा जसपाका राजकिशोर यादव, कानुन, न्याय तथा मानव अधिकार समितिमा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह सर्वसम्मत भएका छन्।

सभामुख घिमिरेसँगको छलफलमा नेकपा (एकीकृत समाजवादी) का शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति जसपाका राजकिशोर यादव भने अनुपस्थित छन्।

प्रकाशित: Aug 30, 2023| 13:38 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्