शनिबार, वैशाख २६, २०८३

प्रधानमन्त्री प्रचण्डसँग सार्क महासचिवको बिदाइ भेट

भेटमा प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका थिए।
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसला रुवान विराकुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेट गरेका छन्।

National life

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका थिए। संगठनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तान आबद्ध छन्।

दक्षिण एसियाका ८ राष्ट्र सम्मिलित संगठन भारत–पाकिस्तानको बेमेलका कारण उधोगति लागेको अवस्थामा छ।

प्रकाशित: Aug 30, 2023| 12:53 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्