बुधबार, असार २५, २०८२

सुन तस्करीको सूचना बटुल्न हङकङ गए सीआईबीका उच्च अधिकृत

सुन तस्करीको मुख्य बिन्दु हङकङ देखिएकाले सीआईबीले इन्टरपोलका पहलमा एक जना उच्च अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाउने भएको हो। 
 |  बुधबार, भदौ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

vianetvianet

काठमाडौं– नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको छ।

गत ३ साउनमा हङकङबाट नेपाल ल्याइएको ६० किलो ७१६ ग्राम अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएका बेला बरामद गरेको थियो। सुन तस्करीको मुख्य बिन्दु हङकङ देखिएकाले सीआईबीले इन्टरपोलका पहलमा एक जना उच्च अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाएको हो। 

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले पुष्टि गरे।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ। राजस्व अनुसन्धान विभागबाट हुँदै आएको सुन तस्करी छानबिनको जिम्मा सरकारले सीआईबीलाई गत १२ साउनमा सुम्पिइसकेको छ।

सीआईबीले ८ भदौमा आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ। सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो। सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 30, 2023| 11:29 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्