बिहीबार, असार २६, २०८२

संसद् बैठक एक साताका लागि स्थगित

प्रधानमन्त्री प्रचण्डसँगको प्रश्नोत्तरमा सहभागी सांसद ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफलका क्रममा बाहिरिएपछि साता दिनका लागि सारियो संसद् बैठक।  
 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

काठमाडौं– प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ।

आज बसेको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसदहरू उपस्थित भएका थिए। तर ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफलका क्रममा बैठकबाट आवश्यक पर्ने एक चौथाइ संख्यासमेत पुगेन। 

बैठकमा आवश्यक सांसद नभएपछि सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’लाई निर्णयार्थ प्रस्तुत गर्न लागेका बेला रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक संख्या नपुग्ने भन्दै सांसद गणना माग गरेकी थिइन्। 

सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र थिए। 

त्यसपछि सभामुख घिमिरेले गणपूरक सङ्ख्या नपुगेकाले सदनको बाँकी कार्यसूची स्थगित गर्दै बैठक एक सातापछि अर्थात् १८ भदौ दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।

प्रकाशित: Aug 29, 2023| 17:02 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्