बिहीबार, असार २६, २०८२

सांसदलाई थपडी बजाउने प्रयोजनमा मात्रै नलगाउन गगन थापाको चेतावनी

सांसद थापाले सांसदलाई थपडी बजाउने प्रयोजनमा मात्रै नलगाउन प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।
 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ कांग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापाले संसद् र सांसदलाई जे गरे पनि हुन्छ भन्ने मानसिकताबाट बाहिर निस्कन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाएका छन्। आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सांसदलाई थपडी बजाउने प्रयोजनमा मात्रै नलगाउन प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।

‘संसद् र  सांसदलाई सरकार र प्रधानमन्त्रीबाट जुन ढंगले व्यवहार गरिएको छ। जे गरे पनि हुन्छ भन्ठानिएको छ। यस्तै रवैया रहे प्रधानमन्त्री प्रचण्डलाई नयाँ ढंगले सोच्नुपर्ने हुन्छ। त्यसका लागि तयार भई बस्न आग्रह गर्छु’, उनले भने। मसँग बहुमत छ, सांसदहरू थपडी बजाउन आएका हुन् भनेर प्रधानमन्त्री नसोच्न उनले सुझाए।

मुलुकी फौजदारी संहिता संशोधनमार्फत जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी सरकारले विधेयक ल्याएकाले त्यसको भारी नबोक्न थापाले आफ्नै पार्टीका कानुनमन्त्री धनराज गुरुङलाई आग्रह गरे। ‘राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण व्यवस्था कांग्रेसलाई स्वीकार्य छैन। तपाईंले (कानुनमन्त्री) २०७४ को नेकपा सरकारले गरेको ड्राफ्ट नबोक्नुस्।’

उनले विधेयकमा मुलुकी फौजदारी संहिता संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी प्रावधान ल्याएकाले कांग्रेसलाई मान्य नहुने प्रस्ट पारे।

प्रकाशित: Aug 29, 2023| 15:26 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्