बिहीबार, असार २६, २०८२

डेंगु उपचारका लागि विशेष अस्पताल व्यवस्था गर्न कांग्रेसको माग

सांसद कार्कीद्वारा देशभर भयावह रूपमा फैलिएको डेंगुबाट उपचार अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकारले विशेष अस्पताल व्यवस्था गर्नुपर्ने माग।
 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

काठमाडौं– कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोगको उपचारका लागि विशेष अस्पताल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले देशभर भयावह रूपमा फैलिएको डेंगुबाट उपचार अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकारले विशेष अस्पताल व्यवस्था गर्नुपर्ने बताएका हुन्।

डेंगु रोगबाट गृहजिल्ला सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको उनले बैठकमा तथ्यांक प्रस्तुत गरे। डेंगु उपचारका लागि विशेष अस्पताल र औषधी तथा आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: Aug 29, 2023| 13:46 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्