शनिबार, वैशाख २६, २०८३

सांसद–प्रधानमन्त्री प्रश्नोत्तर

चीन भ्रमणमा पुराना सहमति कार्यान्वयन गरिने

चीन भ्रमणका क्रममा नेपालको आर्थिक र व्यापार सम्बन्धलाई थप सघन बनाउने, चीततर्फका नाकालाई व्यवस्थित बनाउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको धारणा।
 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

National life

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका बेला यसअघि भएका समझदारी र सम्झौतालाई कार्यान्वयन गर्न जोड दिइने बताएका छन्।

आज प्रतिनिधिसभामा कांग्रेस सांसद उदयशमशेर राणाले प्रचण्डको चीन भ्रमण एजेन्डाबारे गरेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। 

चीन भ्रमणका क्रममा नेपालको आर्थिक र व्यापार सम्बन्धलाई थप सघन बनाउने, चीततर्फका नाकालाई व्यवस्थित बनाउन पहल गर्ने, सहयोग विस्तारबारे पनि चिनियाँ अधिकारीसँग छलफल गर्ने उनले जानकारी दिए। उनले भने, ‘चीनसँग नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुराकानी गर्नेछु।’

प्रकाशित: Aug 29, 2023| 12:40 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्