मंगलबार, वैशाख २९, २०८३

सुजुकीले नेपालमा थाल्यो 'जिम्नी'को डेलिभरी

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

National life

काठमाडौं- नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी मोटोकर्पले एसयूभी 'जिम्नी'को डेलिभरी सुरु गरेको छ। देशभरका सोरुमबाट सो गाडीको डेलिभरी सुरु गरिएको सीजीले जनाएको छ।

‘सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो, जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ‘यो पर्याप्त बडी एंगल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ।’ फोर ह्विल ड्राइभ प्रणाली, अल ग्रीप प्रो, ३ लिंक रिगिड एक्सल सस्पेन्सनजस्ता अफरोड सुविधा यसमा रहेको कम्पनीले जनाएको छ।

‘जिम्नीमा २२.६८ सेन्टिमिटर स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्प्रेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ’ कम्पनीले गाडीको विशेषताबारे स्पष्ट पारेको छ। नेपाली ड्राइभिङ कन्डिसनको लागि यो सबैभन्दा उपयुक्त एसयूभी रहेको कम्पनीको दाबी छ।

प्रकाशित: Aug 29, 2023| 12:37 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्