मंगलबार, वैशाख २९, २०८३

टोयोटाले रोक्यो गाडी उत्पादन

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

National life

यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरिएको जनाइएको छ।

टोयोटा मोटरका प्रवक्ताका अनुसार कारखानामा उपभोक्ताले आज बिहानैदेखि सवारी साधनका पार्टपुर्जा अर्डर गर्न नपाएका तथा कम्प्युटर प्रणाली कहिले पुनः सञ्चालन हुन्छ भन्ने स्पष्ट भएको छैन।  फुकुओका प्रिफेक्चरको मियाता प्लान्ट र दाइहात्सु मोटर कम्पनीको क्योटो प्लान्ट बाहेक २५ कारखाना प्रभावित भएका छन्।

गत वर्ष फेव्रुअरीमा टोयोटाले कम्पनीमा सरसामान र उपकरण आपूर्तिकर्ता कोजिमा इन्डस्ट्रिज कर्पोरेशनको प्रणालीमा समस्या हुँदा देशभरका सबै कारखाना बन्द भएका थिए। त्यस बेला १४ वटै कारखानामा काम नहुँदा १३ हजार सवारी साधन उत्पादन रोकिएिको थियो।

प्रकाशित: Aug 29, 2023| 12:29 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्