काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनै कार्यकर्ताबाट मारिएका नन्दप्रसाद अधिकारीकी पत्नी गंगामायालाई हालसम्म उपचारका लागि सरकारले ३७ लाख ४७ हजार उपलब्ध गराएको बताएका छन्।
आज प्रतिनिधिसभामा सांसद एकनाथ ढकालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालीन घटनालाई न्यायिक सम्बोधन गर्ने गरी सरकारले पीडित र पिडक दुवैलाई समान व्यवहार गरिरहेको दाबी गरेका हुन्।
उनले संक्रमणकालीन न्यायसम्बन्धी संघीय सदनमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायका मुद्दा सम्बोधन हुने बताए। सरकारले कानुनको अधीनमा रहेर सरकारका निकायबाट गोरखाकी गंगामाया अधिकारीलाई मानवीय सेवा र संरक्षण दिँदै आएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे।