बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सामाजिक एकतालाई बलियो बनाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री प्रचण्ड

सांसद–प्रधानमन्त्री प्रश्नोत्तर:

सामाजिक एकतालाई बलियो बनाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री प्रचण्ड

नेपालको संविधानको पालना गर्नु हरेक नागरिकको समान दायित्व रहेको उनले बताए।
 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा परापूर्वकालदेखि कायम रहँदै आएको सामाजिक एकता, सद्भाव र सामाजिक संरचनामाथि कुनै पनि किसिमको खलल हुन नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आज प्रतिनिधिसभा बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक सद्भावमा खलल पार्ने वा संस्कृति र धर्मविरुद्ध हुने द्वेषपूर्ण कार्यलाई कुनै हालतमा छुट नदिन बताएका हुन्।

‘नेपाल बहुभाषिक, बहुजातीय, विविधता बोकेको नेपालमा सदियौँदेखि विभिन्न जात, जाति, वर्ण, धर्म र संस्कृतिका जनता आपसी सहकार्य र गहिरो सद्भावका साथ मिलीजुली बस्दै आएका छन्। सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र सम्वद्र्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो दरिलो भई साँचो अर्थमा राष्ट्रियता बलियो हुनेछ,’ उनले भने। नेपालको संविधानको पालना गर्नु हरेक नागरिकको समान दायित्व रहेको उनले बताए।

प्रकाशित: Aug 29, 2023| 12:08 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्