बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सांसद–प्रधानमन्त्री प्रश्नोत्तरः सुन प्रकरणमा आफ्नालाई नजोगाएको प्रचण्डको दाबी

सांसद–प्रधानमन्त्री प्रश्नोत्तरः सुन प्रकरणमा आफ्नालाई नजोगाएको प्रचण्डको दाबी

सांसदले सोधेका विभिन्न प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहेका छन्।
 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विभिन्न सांसदले प्रश्नोत्तर गरिरहेका छन्।

सांसदले सोधेका विभिन्न प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहेका छन्। बिहान ११ बजेदेखि सुरु भएको बैठकमा आज १२ जना सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।

हालसम्म पाँच जना सांसदले प्रधानमन्त्री प्रचण्डलाई आगामी चीन भ्रमण, लम्पीस्किन, नक्कली नागरिकता प्रकरण, ललिता निवास, सुन तस्करीलगायत विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उत्तर दिए।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा कसैलाई पनि बचाउन र कसैलाई पनि अप्ठेरोमा पर्ने नियतले कसैलाई नफसाइएको दाबी गरे। उनले भ्रष्टाचारका फाइलको अनुसन्धान गर्दा प्रहरीलाई नेकपा माओवादीकै मान्छे भए पनि नछाड्न निर्देशन दिइएको बताए।

सबै किसिमका भ्रष्टाचारलाई कानुनी आधारमा निचोडमा लैजाने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रकाशित: Aug 29, 2023| 12:01 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्