काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धिको आधार तयार पार्न नेकपा माओवादी केन्द्र रुपान्तरित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा यतिबेला माओवादी रुपान्तरण अनिवार्य सर्त भएको बताएका हुन्।
उनले भने, ‘देश रुपान्तरणको नयाँ संकल्पसहित अभियान सुरु गरिएको छ। त्यसका लागि माओवादीमा रुपान्तरण अनिवार्य छ। जनतासँग माओवादी अभियानले त्यो रुपान्तरण सुरु गर्नेछ।’ सुन, नक्कली शरणार्थी र ललिता निवास प्रकरणका फाइल खोलेर तस्करीको जालो तोड्ने काम अगाडि बढेको उनले दाबी गरे।