शनिबार, असार २८, २०८२

संसदीय समितिमा भाग पाएको राप्रपा सरकारमा पनि सहभागी हुँदै

 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

कोशी प्रदेश सरकार टिकाउन सत्ता गठबन्धनलाई सघाउने सर्तमा प्रतिनिधि सभाको एउटा विषयगत समितिमा सभापति पाएको राप्रपा सरकारमा पनि सहभागी हुने भएको छ। प्रधानमन्त्री प्रचण्डले एउटा मन्त्रालय दिएर राप्रपालाई सरकारमा सहभागी गराउन लागेका हुन्।  

आफ्नो पार्टी माओवादीले सम्हालिरहेको ऊर्जा मन्त्रालय दिएर राप्रपालाई संघीय सरकारमा सहभागी गराउने तयारी प्रचण्डको छ। पार्टीका उपमहासचिव शक्ति बस्नेत ऊर्जामन्त्री छन्। 

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार संकटमा छ। मुख्यमन्त्री उद्धव थापालाई प्रदेश सभामा बहुमत पुर्‍याउन हम्मेहम्मे परेको छ। अहिले प्रतिपक्षमा रहेको राप्रपाले साथ दिएमात्र बहुमत पुग्छ र उनको सरकार जोगिन सक्छ।

त्यसैका लागि सत्ता गठबन्धनले राप्रपालाई प्रतिनिधि सभाको विषयगत समितिमा एउटा सभापति दिएको हो। राप्रपाले कोशी प्रदेशको सभामुख र एक मन्त्रालय पनि पाउने सहमति भएको छ। कोशी प्रदेश सभामा राप्रपाको ६ सिट छ।

प्रकाशित: Aug 29, 2023| 10:11 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्