शनिबार, वैशाख २६, २०८३

प्रतिनिधि सभामा आज सांसद-प्रधानमन्त्री प्रश्नोत्तर

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

National life

प्ररतिनिधि सभाको आजको बैठकमा प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर गरिने कार्यसूची रहेको छ। 

संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डलाई सांसदहरुले प्रश्न सोध्नेछन्। यसका लागि सांसदहरुले यसअघि नै लिखित प्रश्न संसद् सचिवालयमा बुझाइसकेका छन्। 

सचिवालयमा उपलब्ध गराएको लिखित प्रश्नको जवाफ प्रचण्डले संसद्मा जवाफ दिनेछन्। त्यसैगरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची पनि छ।

प्रकाशित: Aug 29, 2023| 07:36 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्