शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारलाई ओलीको चुनौती - गिरी बन्धु टी स्टेट, ओम्‍नी र यति प्रकरणको छानबिन गरेर देखाऊ 

सरकारलाई ओलीको चुनौती - गिरी बन्धु टी स्टेट, ओम्‍नी र यति प्रकरणको छानबिन गरेर देखाऊ 

 |  सोमबार, भदौ ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओम्‍नी प्रकरण र गिरी बन्धु टी स्टेट प्रकरणको छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। काठमाडौं जिल्ला कमिटीले सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले ललिता निवास प्रकरणमा नै भागभाग भइसकेकोले ओम्‍नी र गिरी बन्धु टी स्टेटको छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन्। 

उनले भने, 'के यती होलडिङ्स कराइराख्या? ओम्‍नी भनिराख्याछन्। गरन त छानबिन। वाइडबडी गर, जाऊ जेलमा आफैँ। अस्तिसम्म ललिता निवास भन्दैथे। अहिले कस्तो भागाभाग छ। कोही यताको ढोकाबाट कोही उताको ढोकाबाट। हामीलाई भन्दैथे त ललिता निवास कराएका थिए, अहिले एउटा यताबाट गुटुटुङ कुद्छ, अर्को उताबाट कुद्छ।' 

उनले गिरी बन्धु टी स्टेटको जग्गा कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे। 'अहिले चिया बगान निस्किएको छ, गर न छानबिन। बिनाकानुन ०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो। कमिसन खाएर त्यसको छानबिन गर,' ओलीले भने, '०६० सालमा ५१ बिघा जमिन बिनाकानुन बेच्न दिएको थियो, कमिसन खाएर छानबिन गर जेल जाऊ। हामीले कानुन बनाइदिएको हौँ। अब उप्रान्त गैरकानुनी ढंगले कमिसन आएर होइन। कानुन बनाएर कानुन सम्मत ढंगले गर्नू भनेर नियम बनाइदिएको छ हामीले। कमिसन खाएको छैन। कानुन बनाउँदा कसैले कमिसन खान्छ ?' 

ओम्‍नीबारे त आफू पत्रिका पढेरमात्रै थाहा पाएको ‌ओलीले बताए। भने, 'ओम्नी अरे ! मैले पत्रिका पढेर थाहा पाएको। के हो ओम्नी? मैले देखेको पनि छैन। सुनेको मात्रै हो। गर न छानबिन ओम्नी के हो? भ्रष्टहरूको यत्रो हुइँया। भ्रष्टहरूले हामीलाई थर्काउने उल्टै?'

उनले विरोधीहरुलाई जनताप्रति विश्‍वास नभएको पनि बताए। 'अनि विरोधीहरू यस्ता कुरा जनताका बीचमा उनीहरूलाई पनि आफैंलाई विश्वास छैन, किनकी यस्ता अन्डा पार्ने तीनै हुन्। पानीट्यांकीमा रुपैयाँ भन्नेहरु उनीहरु नै हुन्। हामीले विरोधी छन् भन्ने ध्यानमा राखेका छौं,' उनले भने, 'विरोधी नभएपनि हामी गलत काम गर्दैनौं। राज्यको ढुकुटीको पैसा आफ्नो ढुकुटीमा ल्याउने काम हामी गर्दैनौं।'

प्रकाशित: Aug 28, 2023| 18:44 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्