शनिबार, वैशाख २६, २०८३

घूस लिँदालिँदै समातिएका विष्णुपुर गाउँपालिका अध्यक्ष निलम्बित

घुस लिँदै गर्दा पक्राउ परेका कम्प्युटर अपरेटर र लेखापाले पालिका अध्यक्ष यादवले पनि रकम खाएको साविती बयान दिएपछि अख्तियारले ६ भदौमा पक्राउ गरेको थियो।
 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

काठमाडौं– सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका छन्। 

National life

गत ३१ साउनमा सोलारसम्बन्धी योजनामा २ लाख नगद र ३ लाखको चेक घुस रकम लिँदै गरेका बेला विष्णुपुरका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका उनीहरुले पालिका अध्यक्ष यादवले पनि रकम खाएको साविती बयान दिएपछि अख्तियारले ६ भदौमा पक्राउ गरेको थियो।

अख्तियारले घुस प्रकरणमा अध्यक्ष यादवलाई नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै  निलम्बित भएका हुन्। 

अख्तियारले विष्णुपुर पालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको छ। सप्तरीमा यसअघि दुई जना पालिका अध्यक्ष घुस खाँदा अख्तियारको पक्राउमा परिसकेका छन्।

प्रकाशित: Aug 28, 2023| 17:05 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्