शनिबार, असार २८, २०८२

ओली र नेपाल सँगै बस्नुपर्ने अवस्था आएपछि...

 |  सोमबार, भदौ ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

vianetvianet

पार्टी विभाजनपछि नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा विरलै देखिएका छन्। राजकीय कार्यक्रमहरूमा भने पूर्वप्रधानमन्त्रीको हैसियतमा दुई नेता एकै मञ्चमा  बसेका छन्।

गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नगएपछि नेपालले एकीकृत समाजवादीको छाया पर्छ भनेर ओली बैठकमा नआएको टिप्पणी गरेका थिए। उनीहरू प्राय: एक-अर्काविरुद्ध आगो ओकल्छन्।

आज सोमबार यी दुई नेता सँगै बस्नुपर्ने अवस्था आयो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिको निर्वाचनमा उनीहरू सँगै देखिएका हुन्। पूर्व प्रधानमन्त्रीको हैसियतमा दुवै नेतालाई सँगसँगै बस्ने बन्दोबस्त मिलाइएको थियो। दुवै जना पार्टी अध्यक्ष पनि भए।

एउटै लहरमा सँगै बस्दा दुवैले केही असहज महसुस गरेको उनीहरूको भावभंगीले देखाउँछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी परेको थियो। एकल उम्मेदवारी परेकाले मतदान भने गर्नु परेन।

सभापति चयनको विधि पुर्‍याउनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली र नेपाल पनि उपस्थित भएका थिए। सँगै बसे पनि दुई अध्यक्षबीच संवाद भने भएन। २०७८ भदौमा एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको थियो।

प्रकाशित: Aug 28, 2023| 16:47 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्