शनिबार, असार २८, २०८२

भागबन्डामा सहभागी नभएको रास्वपा संसदीय समितिमा खाली हात

रास्वपाका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमतका उपाध्यक्ष खान सर्वसम्मत सभापति चुनिएका हुन्।
 |  सोमबार, भदौ ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

vianetvianet

काठमाडौं– प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमतका उपाध्यक्ष खान सर्वसम्मत सभापति चुनिएका हुन्।

दलीय भागबन्डाका आधारमा प्रतिनिधिसभाका ९ वटा विषयगत समिति सभापति आइतबारै निर्विरोध भइसकेका छन्। रास्वपा र जनमतको उम्मेदवारी परेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मात्रै आज निर्वाचन हुन लागेको थियो।

योसँगै संसद्का १० विभिन्न समितिमा रास्वपा प्रतिनिधित्वविहीन भएको छ।

प्रकाशित: Aug 28, 2023| 15:54 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्