काठमाडौं- नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा बीपी साहित्य महोत्सव २०८० आयोजना हुने भएको छ।
यही भदौ २४, २५ र २६ गते बीपी स्मृति भवन सानेपामा कार्यक्रम आयोजना गर्ने तय भएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
महोत्सवअन्तर्गत कविता, गजल, सांगीतिक, चित्रकला, वृत्तचित्र, ऐतिहासिक फोटो प्रदर्शनीलगायत ९ सत्रमा कार्यक्रम हुनेछन्।