शनिबार, असार २८, २०८२

ललिता निवास प्रकरणका १८ आरोपीको बयान लिइँदै

ललिता निवास जग्गा अनियमितता प्रकरणमा थुनामा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनासँग अदालतमा आजदेखि बयान लिन लागिएको हो। 
 |  सोमबार, भदौ ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

vianetvianet

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितता आशंकामा प्रहरी पक्राउमा परेर थुनामा रहेका १८ जना आरोपीको मुद्दामा आजबाट बयान लिइँदै छ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा थुनामा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनासँग अदालतमा आजदेखि बयान लिन लागिएको हो। 

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। ललिता निवास अनियमिततामा मुछिएर मृत्यु भएका २१ जनालाई पनि सरकारी वकिल कार्यालयले जग्गा फिर्ता गर्ने प्रयोजनार्थ प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। 

थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ।

अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका लोकहरि घिमिरे आइतबार पुनः पक्राउ परेका छन्। सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेसँगै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह भने रिहा भएका छन्।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्युरोको अनुसन्धान निष्कर्ष छ। 

प्रकाशित: Aug 28, 2023| 13:27 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्