बिहीबार, भदौ ४, २०८३

अलैँचीमा डढुवा लाग्यो, किसान चिन्तित

बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित भएका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित भएका छन्। डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन्।

धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैँची खेतीमा समेत मासिने गरी रोग लागेको हो। बोटमा रोग लागेपछि त्यसबाट हुने उत्पादन शून्यमा झर्ने किसानको भनाइ छ।  जैमिनी–२ र ३ मा गरी अलैँचीका दुई वटा पकेट क्षेत्र बनाइएको थियो। स्थानीय वेद छन्त्यालले दुईवटै क्षेत्रमा रहेको अलैँची सुक्दै गएपछि किसान मर्कामा परेको बताए।

केही समयदेखि अलैँची सुक्दै गइरहेको जानकारी दिँदै छन्त्यालले रोगका कारण अलैँचीको बोट सुक्दै गएपछि किसानमा ठूलो चिन्ता छाएको र कतिपय किसानले त अलैँचीको गाँज नै उखेलेर फाल्न थालेको बताए। यस्तो समस्या गत पुस महिनादेखि सुरु भएको छन्त्यालको भनाइ छ। 

त्यस क्षेत्रमा करिब पाँच प्रतिशत मात्र अलैँचीको बोट राम्रो रहेको उनले बताए। अघिल्लो वर्ष अलैँची बेचेर पकेट क्षेत्रका नागरिकले करिब ४५ लाख आम्दानी गर्न सफल भए पनि अहिले भने त्यो नहुने भएपछि किसान चिन्तित बनेका छन्। 

दुई वटा पकेट क्षेत्र गरी करिब दुई हजार ४०० रोपनी जग्गामा अलैँची लगाइएको छ। अलैँची पकेट क्षेत्रका अध्यक्ष लोकेन्द्र सापकोटाले रोगको पहिचान नै हुन नसकेका कारण किसान चिन्तित बनेको बताए। खासगरी अलैँचीमा लाग्ने रोग, त्यसको निदानको बारेमा किसानलाई सचेत नगराई व्यावसायिकरूपमा अलैँची उत्पादन गर्दा किसानले समस्या झेल्नुपरेको उनको बुझाइ रहेको छ। 

किसानको समस्याबारे कृषि ज्ञान केन्द्रले समेत वास्ता नगरेको उनको भनाइ थियो। यसबारेमा कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले त्यसबारे रिपोर्ट नआएको बताए। रासस

प्रकाशित: Aug 13, 2021| 11:30 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।