आइतबार, असार २९, २०८२

एमालेसमेतको समर्थनमा कृषि समिति सभापति बन्दै आरजु

 |  आइतबार, भदौ १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

vianetvianet

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी छिन्। सत्तारुढ दल र विपक्षीको भागबण्डामा कांग्रेस कोटाको यो समितिमामा आरजुले उम्मेदवारी दर्ता गराएकी हुन्।

आरजुको प्रस्तावकमा कांग्रेसका वीरबहादुर बलायर र समर्थकमा एमालेका सूर्यप्रसाद ढकाल र माओवादीकी रुपा चौधरी छन्।

प्रमुख दलहरुले प्रतिनिधि सभाका १० र संघीय संसद्का २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए। यसअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक-एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो।

दलहरुबीच सहमति भएपछि संघीय संसद् सचिवालयले समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाएको थियो। सोही क्रममा आज दलहरुले उम्मेदवारी दिइरहेका छन्। निर्वाचन भने भोलि हुनेछ।

प्रकाशित: Aug 27, 2023| 14:43 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्