आइतबार, वैशाख २७, २०८३

राप्रपासँग लेनदेन: संसदीय समितिमा सभापति, कोशी सरकारलाई समर्थन

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएको छ। प्रतिनिधि सभाको एउटा समिति सभापति पाउने सर्तमा उसले एक सभापति पाएको हो।

National life

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्ष र राप्रपाका नेताहरूबीच भएको छलफलमा यो सहमति जुटेको हो। सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएपछि राप्रपाले प्रतिनिधि सभाअन्तर्गतको एउटा समितिको नेतृत्व पाउने भएको छ। प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समिति राप्रपालाई दिएका हुन्।

राप्रपाले उक्त समितिको सभापतिमा सांसद दीपक सिंहलाई उम्मेदवार बनाएको छ। सांसद सिंहको प्रस्तावक माओवादी केन्द्रका सांसद माधव सापकोटा बसेका छन्। यसअघि संसदीय समितिको भागवण्डा हुँदा विकास समितिको सभापति माओवादी केन्द्रको भागमा परेको थियो। माओवादी केन्द्रले उक्त समितिको सभापतिमा सापकोटालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको थियो।

दीपक सिंहले ऊर्जा राज्यमन्त्रीको पनि जिम्मेवारी सम्हालिसकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सुरूमा राप्रपा पनि सहभागी थियो। सिंह त्यतिबेला राज्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: Aug 27, 2023| 13:34 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्