आइतबार, वैशाख २७, २०८३

ओलीकै कारण नेकपा एसलाई सर्वदलीय बैठकमा बोलाइएनः माधव नेपाल

नेता नेपालले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेबारेको सर्वदलीय बैठकलाई राष्ट्रिय मान्यता प्राप्त दलको बैठकको नाम दिएर आफ्नो पार्टीलाई निषेध गरिएको गुनासो गरेका हुन्।
 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

काठमाडौं– सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीकै कारण आफ्नो पार्टीलाई सर्वदलीय बैठकमा नबोलाइएको बताएका छन्।

National life

आज नेकपा एस निकट विद्यार्थी संगठनको कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेबारेको सर्वदलीय बैठकलाई राष्ट्रिय मान्यता प्राप्त दलको बैठकको नाम दिएर आफ्नो पार्टीलाई निषेध गरिएको गुनासो गरेका हुन्।

ओलीकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एसलाई नबोलाउन बाध्य भएको उनले दाबी गरे। ‘अब केही गर्नुपर्छ भनेर सोचिरहेका छौं। धेरै इमानदार भएर पनि हुँदैन। घिउ निकाल्न औंलो अलि बांगै गर्नुपर्दो रहेछ,’ उनले भने। 

नेकपालाई ब्युँताउने प्रस्ताव आफूले राख्ने ओलीले त्यसलाई लत्याएको आरोप उनले लगाए। आफूले भनेको व्यक्तिलाई राष्ट्रपति बनाउने बेलासम्म आफूसँग लगातार भेट्न खोजेको तर त्यो पूरा नभएपछि संवाद नभएको उनले जानकारी दिए।

प्रकाशित: Aug 26, 2023| 16:41 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्