आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • वडादेखि केन्द्रसम्मको नेतृत्व सुध्रिए मात्रै कांग्रेस बदलिन्छः उपसभापति खड्का

वडादेखि केन्द्रसम्मको नेतृत्व सुध्रिए मात्रै कांग्रेस बदलिन्छः उपसभापति खड्का

खड्काले गाउँदेखि केन्द्रीय तहसम्मका सबै नेता, कार्यकर्तालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैंबाट पहलकदमी थाल्न सुझाएका हुन्।
 |  शनिबार, भदौ ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

vianetvianet

काठमाडौं– कांग्रेस उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार नेता, कार्यकर्ता आफैंबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन्। आज काठमाडौं ३ को क्षेत्रीय भेलामा सहभागी खड्काले गाउँदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैंबाट पहलकदमी थाल्न सुझाएका हुन्।

‘अरुलाई भन्नुभन्दा हरेक नेता, कार्यकर्ताले आफैंबाट सुधार सुरु गर्नुपर्छ’, रक्षामन्त्रीसमेत रहेका खड्काले भने, ‘पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ।’ उनले नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको तथा नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राखे। 

उनले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने संकल्प बोकेर काम गरे पार्टी सुधार र रुपान्तरण हुने बताए। पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उनले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राखे। 

उपसभापति खड्काले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भए पनि चाँडै त्यसलाई पूर्णता दिइने जानकारी पनि दिए। उनले एउटा उमेर समूहले अर्को उमेर समूहलाई पार्टीमा औँला उठाउने मात्र गरे पार्टी बलियो हुन नसक्ने भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिए।

सरकारले सुशासनको अभियानलाई निरन्तरता दिइने बताउँदै उनले भ्रष्टाचार अन्त्य गर्ने र सुशासनका लागि वर्तमान सत्तागठबन्धन बनेकाले सरकार पनि त्यही संकल्पका साथ अघि बढेको उनको भनाइ छ। 

उनले सरकारले चाँडै लम्पीस्किन रोगबाट पीडित किसानलाई राहत दिइने र त्यसका लागि कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले काम गरिरहेको जानकारी दिए।

प्रकाशित: Aug 26, 2023| 15:20 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्