आइतबार, वैशाख २७, २०८३

एमाले सचिवालय बैठकको मिति सारियो

बैठक स्थल सर्रे अम्बास पुग्ने खोला उर्लिएपछि मिति सारिएको हो। 
 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

काठमाडौं–एमालेको आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक १३ भदौसम्मलाई सरेको छ।

National life

धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको एमाले जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए। 

उक्त बैठकका लागि अध्यक्ष केपी ओली आजै विराटनगर गइसकेका छन्। ‘बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो। ‘निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ। पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो’, मण्डलले भने। 

एमालेले आजदेखि १२ भदौसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो। सोही ठाउँमा एमालेले २०४६ मा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो। उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो।

प्रकाशित: Aug 26, 2023| 13:18 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्