आइतबार, वैशाख २७, २०८३

कर्णालीमा लगानी भित्र्याउन स्वीट्जरल्यान्डमा छलफल

कर्णाली प्रदेशको समृद्धि र विकासका लागि सहयोग जुटाउन स्वीट्जरल्यान्ड जान लागेको मुख्यमन्त्री शर्माको धारणा।
 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

कर्णाली– प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्वीट्जरल्यान्डको जुरिचमा हुने कार्यक्रममा कर्णालीमा लगानी भित्र्याउनेसम्बन्धी छलफल गरिने बताएका छन्।

National life

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको शुक्रबार बसेको ३४औं बैठकमा आफ्नो विदेश भ्रमणबारे जानकारी दिँदै मुख्यमन्त्री शर्माले प्रदेशको समृद्धि र विकासका लागि सहयोग जुटाउन जुरिच जान लागेको बताएका हुन्।

अन्तर्राष्ट्रिय मानव अधिकार आयोग अन्तरसरकारी संस्था स्वीट्जरल्यान्डको जुरिचमा वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी समुदाय र हरितसम्बन्धी कार्यक्रम सेप्टेम्वर १ र २ तारिखमा आयोजना हुँदै छ, जहाँ कर्णाली प्रदेश सरकारको सहकार्य रहेको छ।

‘हाम्रो विपन्नता, अपुगता र समस्यालाई हाम्रो बलबुताबाट कसरी समाधान गर्ने भन्नेमा सरकार गम्भीर छ’, उने भने, ‘कर्णालीमा लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने गरी समृद्धिको कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा जुरिचमा छलफल गरिनेछ।’ कार्यक्रममा भाग लिन २३ साउनको संघीय सरकारको निर्णयबमोजिम भ्रमणका स्वीकृत पनि भइसकेको उनले जनाए। 

बैठकमा प्रदेशसभा सदस्यले आकस्मिक समयमा उठाएका विषयको जवाफ दिँदै मुख्यमन्त्री शर्माले बाढी पहिरोजस्ता विपद्बाट हुम्लाको सर्केगाड, जुम्लाको पातारासी र सल्यानमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरे। ठूलो रकम पठाउन नसके पनि जिल्ला प्रशासन कार्यालयमार्फत राहत प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।

उनले मध्यपहाडी क्षेत्रमा बाँदर र बँदेलजस्ता जंगली जनावरबाट बालीमा हुने क्षति कम गराउन लागिपर्ने दाबी गरे। बैठकबाट ‘कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न विधेयक’ र कर्णाली प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ माथि दफावार छलफलका लागि समितिमा पठाइएको छ।

दुवै विधेयक समितिमा पठाउन आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सभामा प्रस्ताव गरेबमोजिम सर्वसम्मतले पारित भएको थियो। सभाको अर्को बैठक २४ भदौ दिउँसो ३ बस्ने सभामुख नन्दा गुरुङले जानकारी दिइन्।–रासस

प्रकाशित: Aug 26, 2023| 12:10 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्