शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस

स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

ढाका- सुरक्षितरुपमा स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्या शरणार्थीले जुलुस निकालेर विरोधप्रदर्शन गरेका छन्। हजारौं रोहिङ्ग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको छैटौँ वार्षिकीमा आज  बङ्गलादेशका विभिन्न शिविरमा विरोधप्रदर्शन गरेका हुन्। 

National life

बङ्गलादेशले राज्यविहीन अल्पसङ्ख्यकका  १० लाख रोहिङ्ग्यालाई शरण दिएको छ। सन् २०१७ मा म्यान्मामा भएको सैनिक कारवाहीबाट भागेका शरणार्थीले अन्तरराष्ट्रिय फौजदारी अदालतले नरसंहारका दोषीलाई कारवाही गर्नुपर्ने माग पनि गरेका छन्। उक्त अदालतले म्यान्माले गरेका अपराधको अनुसन्धानको अध्ययन गरिरहेको छ। 

शरणार्थी बस्तीहरूमा व्यापक अराजकता छाएको छ भने अन्तर्राष्ट्रिय मानवीय सहायता पनि कटौती भएको छ। शरणार्थीलाई स्वदेश फर्काउने सहमति नहुँदा उनीहरूमा चरम निराशा छाएको छ। बजेट कटौतीले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम पर्याप्त खाद्यान्न उपलव्ध गराउन सकेको छैन। प्रति महिना एक जना शरणार्थीलाई रु एक हजार बराबरको खाद्य सहयोग उपलव्ध भएको छ। 

'हामी म्यान्मा फिर्तीको माग गर्छौँ, हाम्रो यो माग नयाँ  होइन, हामी म्यान्माका नागरिक थियौँ र हौँ। उनीहरू बिस्तारै म्यान्माको इतिहासबाट हाम्रो नाम मेटाउन खोजिरहेका छन्,' रोहिङ्ग्या समुदायका नेता कमल हुसेनले एएफपीलाई भनेका छन्। शरणार्थी शिविरको सुरक्षामा खटिएका एक जना सुरक्षा अधिकारीका अनुसार वर्षाका बावजुद  करिब दश हजार शरणार्थी विरोधप्रदर्शनमा सहभागी भएका थिए। 

विश्वको सबैभन्दा ठूलो शरणार्थी समस्या बनेको रोहिङ्ग्या शिविरहरूमा मानवीय अवस्था बिग्रँदै गएको छ। बेलाबेलामा शिविरमा हुने झडपमा महिला र बालबालिकासहित दर्जनौं मारिएका छन्।

Laxmi sunrise bank
kumari

बंगलादेश र म्यान्माले रोहिङ्ग्याहरूलाई  घर फर्काउने योजनामा काम गरिरहेका बताइए पनि मावनअधिकारवादी समूहले उनीहरूको स्वदेश फिर्ती सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शरणार्थीसम्बन्धी आयुक्तको कार्यालयले म्यान्माका अधिकारीसँग छलफल जारी रहेको बताएको छ। 

प्रकाशित: Aug 25, 2023| 19:35 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्