काठमाडौं- पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन्।
काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार तीन जना घाइतेको अवस्था गम्भीर र २६ जनाको अवस्था मध्यम छ । घाइतेहरुको कपिलवस्तु र रुपन्देहीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।