शुक्रबार, असोज ९, २०८३

विपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

काभ्रेपलाञ्चोक- लगातारको वर्षाका कारण विपी राजमार्गअन्तर्गत विभिन्न स्थानमा लेदो, पहिरो तथा ढुंगा खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

बिपी राजमार्गअन्तर्गत चौकीडाँडामा आज बिहान ८ बजे रोशी खोलाले डाइभर्सन बगाएको छ। डाइभर्सन बगेपछि आज बिपी राजमार्ग खुल्ने सम्भावना नरहेको जनाइएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चार सयबेँसी र वडा नम्बर ८ गिम्दीबेँसीमा समेत अविरल वर्षाका कारण लेदो, पहिरो तथा ढुंगा खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

रातभर परेको वर्षाका कारण सडकमा लेदो तथा पहिरो आएपछि राजमार्ग बन्द भएको हो।

यसैबीच, रोशी खोला पनौती जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान हुने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Sep 25, 2026| 10:23 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्