बिहीबार, असार ४, २०८३

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

 |  आइतबार, असार २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार २९, २०८२
National life
Shivam cement

काठमाडौं- पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ। उनको ‘कार्डियाक अरेस्ट’का कारण शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो। उनको दाहसंस्कार आज गरिँदैछ।

उनी २०६९ फागुनदेखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्।

शर्मा पूर्वनिर्वाचन आयुक्तका साथै उनी पूर्वपत्रकार समेत हुन्। २०४५ सालमा दि राइजिङ नेपाल अङ्ग्रेजी दैनिकको उपसम्पादकको रूपमा सेवा प्रवेश गरेकी उनले सक्रिय पत्रकारका रूपमा करिब १३ वर्ष बिताएकी थिइन्। 

प्रकाशित: Jul 13, 2025| 06:24 आइतबार, असार २९, २०८२
प्रतिक्रिया दिनुहोस्