आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • 'धार्मिक द्वन्द्वले धरानमा सद्भावना खलबल्याउने आशंका बढ्यो, सजग बनौं'

'धार्मिक द्वन्द्वले धरानमा सद्भावना खलबल्याउने आशंका बढ्यो, सजग बनौं'

 |  शुक्रबार, भदौ ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका प्रचार प्रसार तथा सूचना विभाग प्रमुख मीन विश्‍वकर्माले धर्म-संस्कृतिका नाममा केही समय देखि धरानमा चलिरहेको द्वन्द्वले हाम्रो धार्मिक संस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउने आशंका बढ्न थालेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

सामाजिक सञ्‍जाल फेसबुमा स्टाटस लेख्दै प्रचार विभाग प्रमुख विश्‍वकर्माले नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म संस्कृति र आस्थामा चोट नपुर्याई आ-आफ्नो धर्म संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न नहुने पनि बताएका छन्। 

उनले भनेका छन्, 'यहाँ परापूर्व काल देखि सबै जात जाति,धर्म संस्कृति र सम्प्रदायका मानिसहरु आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइन धरानको निर्माण र बिकासका लागि हातेमालो गर्दै आएका छन्। नेपालको कानुनले हरेक ब्यक्ती र सम्प्रदायलाई अरुको धर्म सन्स्कृती र आस्थामा चोट नपुर्याई आ-आफ्नो धर्म संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुदैन।' 

धरानमा आजसम्म कसैको धर्म, संस्कृति र परम्परा प्रती कसैले दख्खल पुर्‍याएका थिएनन् र त्यस्तो खराब मनसाय कुनै पनि कालखण्डमा कसैले नदेखाएको पनि बताएका छन्। उनले थपेका छन्, 'आज धरानेको भावना र चाहाना विपरित धार्मिक-सामाजिक सद्भाव भड्काउने र आपसी द्वन्द्व मच्चाउने कार्य भएको देखिन्छ। यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनितिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरुलाई सहयोग पुग्ने कुरामा दुई मत छैन। यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संमम हुनु आवश्यकता हो।'

समय-समयमा यस्ता समस्याहरु देखापर्ने भए पनि आत्तिएर वा उत्तेजित नभएर सचेतताका साथ समाधानको उपाय खोज्‍नुपर्ने उनले बताए। उनले भने, 'यसको आधार द्वन्द्वरत पक्षबीच वार्ता र संवाद नै हो। तसर्थ, आफू र आफू सम्बद्ध संघ, संस्था, समाज र  संगठनलाई उत्तेजित हुनबाट रोकी सामाजिक सद्भाव र शान्तिका पक्षमा उभिन प्रेरित गर्नु पर्दछ।'

राजनीतिक दलका नेता, स्थानिय जनप्रतिनिधि र धार्मिक नेताहरु एबम समाजका अग्रज व्यक्तित्वहरु एक ठाउँमा उभिएर सबै जाती, धर्म र सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्नुपर्ने उनले बताए। उनले भने, 'यस गम्भीर परिस्थितिमा धरानका राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघसंस्था, बुद्धिजिवी, व्यापार-व्यवसायी,  सञ्‍चारकर्मी स्थानीय बासिन्दाहरुलाई एकठाउँमा उभिन र सुरक्षा निकायलाई उच्च सुरक्षा सतर्कता अपनाउन हार्दिक अपिल गर्दछु।'

प्रकाशित: Aug 25, 2023| 17:54 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्